I am Kiran Chapagain, a theatre artist and facilitator from Nepal. For me, theatre is not only a form of performance but a living, spiritual practice—a space for listening, remembering, and returning to oneself. Long before theatre became stages and scripts, it existed as ritual, breath, movement, voice, and story. My work grows from this understanding, using theatre as a pathway to reconnect with the body, awaken presence, and gently explore the inner landscape. Through movement, breath, voice, improvisation, and storytelling, I invite participants to experience theatre as meditation, expression, and reflection—where creativity arises from stillness rather than effort.
Theatre Exploration for Spirituality is a two-day immersive workshop taking place on 20–21 December 2025, from 09:00 to 17:00 each day, in Bangkok, Thailand. The workshop will be held at Room 413, Thai Health Promotion Foundation Learning Center (Ngam Duphli) on 20 December, and at HostBKK (Punnawithi) on 21 December. The process is designed for anyone who feels called to explore theatre beyond technique. It is not about acting better or performing for an audience, but about slowing down, listening deeply, and allowing authentic expression to emerge. Actors, artists, facilitators, educators, and individuals from all walks of life are welcome, and no prior theatre experience is required—only openness, curiosity, and presence.
The first day focuses on arriving—into the body, into the space, and into shared trust. Through grounding practices, embodied awareness, voice and breath work, and improvisation as mindfulness, participants gently enter the sacred space of theatre. The second day moves from listening into creation. Beginning with silence and meditative movement, participants co-create stories drawn from inner stillness and lived experience, transforming them into ritual theatre and intimate group performances. These sharings are not performances for applause, but offerings—acts of presence, witnessing, and shared humanity.
As a facilitator, I do not lead from above; I walk alongside the group. My role is to hold a safe, respectful, and supportive container, to guide the process intuitively, and to honor both sound and silence. As the year comes to a close, this gathering offers more than rest—it offers a return. A return to breath, to body, to inner truth. Because coming back to oneself is the most sacred journey of all.
— Kiran Chapagain
Theatre Artist & Facilitator, Nepal
“Mahasattwa,” a captivating cultural drama directed by Chandra Man Munikar, who also conceived its concept and story, is currently being staged at Kausi Theatre in Teku, Kathmandu.
The drama is inspired by the story of Namo Buddha’s establishment and the birth of Shakyamuni Buddha. It centers around Mahasattwa, the youngest prince of King Maharatha and Queen Satyabati from the ancient Panchal Kingdom (now Panauti). The narrative follows Mahasattwa and his two brothers as they venture into the forest to collect rare flowers for a Maha Puja to be held in the kingdom. While there, they encounter a starving female tiger, unable to feed her cubs due to weakness.
In an act of profound selflessness, Prince Mahasattwa sacrifices his own life to nourish the tiger, leading to his death. His altruistic act paves the way for his rebirth as Shakyamuni Buddha. The place where he gave his life, now known as Namo Buddha, serves as the central theme of the play.
Through its poignant narrative, the play explores the idea that individuals can transcend the cycle of suffering caused by the pursuit of fleeting pleasures and instead follow the path of enlightenment, as exemplified by Mahasattwa’s sacrifice.
The performance, dramatized by Ingi Hopo Koinch Sunuwar, features a talented cast, including Sudan Man Munikar, Sangita Thapa Magar, Yuvahang Rai, Smriti Shrestha, Bishal Pulami, Khushi Sunuwar, Sachin Lama, Sumitra Pehim, Kiran Chapagain, Poonam Laxmi Magar, and Prem Chand Pandey.
“Mahasattwa” is staged daily at 5:15 PM, with an additional matinee show on Saturdays at 1:00 PM. Presented by Baraj Kala Kunja, the cultural drama has been running since January 9 and will continue until January 18.
“An Enigma” is a compelling portrayal of the struggles faced by marginalized voices in our society. The drama delves into the harsh reality where dreaming is forbidden, compelling dreamers to either silence themselves or navigate a desolate wasteland. It reflects the uncertain lives of those who, despite holding citizenship, remain unsure of their place in the country.Following is the concept of the drama and a message from the director, Mr. Ram K.A.C, which provides further insight into the thematic essence and the creative journey of the production.Concept of the drama “An Enigma”:In this country, the rulers may deem the voices of the marginalized as impolite, yet this is our harsh reality. Dreaming is forbidden here, forcing dreamers to choose between donning a crown of silence or embarking on a path through a desolate wasteland.For those non-citizens who possess citizenship but remain uncertain about their place in this country, their lives, and their future, the drama “An Enigma” serves as a perfect reflection of their predicament.Message From the Director:Listening and creating are two entirely different endeavors. We are portraying the stories that have been seen, heard, and read on stage. There is undoubtedly a challenge in transforming distorted noises into harmonious music. Experiencing both comfort and discomfort while working is common, and it is the discomfort that sharpens our willpower, pricks our consciousness, and gives rise to the “Voices”.One might wonder how powerful these voices will be, but that is another story. We can only hope that the sorrowful, profound voices reach the ears that need to hear, touch the hearts that need to understand, and influence the decision-makers to lead in the right direction. But is this possible? Here arises an unanswered question. Do those in positions of power, sitting comfortably even in a warzone, truly listen? Do they have hearts that can understand the music of our struggles? How can we know? These are the questions that remain unanswered.Are these questions yours, ours? This drama, “An Enigma,” seeks to address this quest for answers.
Thank you for your time and consideration.
Ram K.A.C:-Director (Sadhbhawa Theatre)
























लुकेको गाउँ!’ नेपालमा एउटा यस्तो गाउँ पनि छ, जुन लुकेको छ। अर्थात्, गाउँको नाउँ नै लुकेको गाउँ। के छ रहस्य यो नाममा ? किन लुक्यो यो गाउँ ? कसले लुकायो ? वा कसरी लुक्यो यो गाउँ ? कसले राख्यो यस्तो नाउँ ? किन राखियो यस्तो नाउँ ? जब ललितपुरको लेलेबाट सवारी अघि बढाएँ तब केहीमाथि पुगेपछि दोबाटो भेटियो। नयाँ गन्तव्यमा यस्ता थुप्रै दोबाटा भेटिन्छन्, जसले नयाँ यात्रीलाई झुक्याउँछन्। दाहिनेपट्टिको बाटो पाथीभारा माताको मन्दिर जाने रहेछ, बायाँतर्फ जाने बाटो गोटीखेल।
‘लुकेको गाउँ!’ नेपालमा एउटा यस्तो गाउँ पनि छ, जुन लुकेको छ। अर्थात्, गाउँको नाउँ नै लुकेको गाउँ। के छ रहस्य यो नाममा ? किन लुक्यो यो गाउँ ? कसले लुकायो ? वा कसरी लुक्यो यो गाउँ ? कसले राख्यो यस्तो नाउँ ? किन राखियो यस्तो नाउँ ?
दोबाटोमा थुप्रै बोर्ड देखिए, श्री पाथीभरादेवी प्रतिकृति मन्दिर (कोन्ज्योसोम गाउँपालिका–४, नल्लु, ललितपुर। स्थापना : २०६७), वैतरणी धाम जाने बाटो, लुकेको गाउँ (२५ किलोमिटर), सिम्बा झरना (२७ किलोमिटर) र गोटीखेल (३१ किलोमिटर) आदि। झापा गौरादहको म चिताएको पनि निकै वर्षपछि ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न पुगेको थिएँ, सपरिवार। यो बोर्डमा देखाएको नल्लुको पाथीभरा पनि जीवनसंगिनीसँग केही महिनाअघि पुगेको थिएँ, उकालो-अप्ठ्यारो सडकसँग कुस्ती खेल्दै।
आज हामी पथिकद्वय बाबु–छोराको गन्तव्य थियो, गोटीखेल (वैतरणी धाम)। त्यसअघि नै दुई मत देखियो। सहरमै जन्मीहुर्की गरेको अञ्चितलाई गाउँहरूले तान्न थालेको छ, जब ऊ चलचित्र ‘प्रेमगञ्ज’को सुटिङमा हिरोको बाल्यकालको साथी बनेर काभ्रेको कात्तिके देउराली झन्डै महिनादिन बसेको थियो। उसलाई यतिबेला अलि बढी झरनाले तान्यो अर्थात् सिम्बाले। गाउँमै जन्मिहुर्की गरेको मलाई भने लुकेको गाउँले तान्यो। अलि रहस्यमय नाम भएर सायद। मन त दुवैलाई दुवैतिर थियो नै। विज्ञान विषयमा प्लस टु गरिरहेको उसले दोस्रो चरणको परीक्षा सकेपछि साता लामो बिदामा दुर्गम गाउँ घुम्ने सोच बनाएको थियो। मैले उसको इच्छामा मेरो इच्छा मिसाएको थिएँ।
गन्तव्य गोटीखेल र लुकेको गाउँ
तर पनि पहिलो गन्तव्य त गोटीखेल नै बन्यो। गोटीखेल यसकारण पनि भावनात्मक सम्बन्ध जोडिएको ठाउँ थियो, जहाँ कक्षा नौदेखि स्नातक तहसम्म सँगै पढेका बालसखा हरि काफ्लेले पढाएका थिए। एकपटक काठमाडौं आउने क्रममा सार्वजनिक बस दुर्घटना भयो जहाँ केहीयात्रुको निधन भयो। संयोगले उनको ज्यान बच्यो तर एउटा गोडा भाँचियो। आज चापागाउँ पुगेपछि भेट भयो। उनी उदयखर्क माविका प्रधानाध्यापक छन्। जबर्जस्ती विद्यालय पुर्याए र सबै शिक्षकशिक्षिकासँग साक्षात्कार गराए। विद्यार्थीलाई देशको योग्य र दक्ष जनशक्ति बनाउने उनको सोचलाई स्यालूट गर्दै छुट्टियौं।
समयको चापबीचको गोटिखेलको यात्राले सिम्बा झरना त नपुर्याउने परिस्थिति भयो नै, लुकेको गाउँ पनि पुग्न नपाइने छटपटी भइरह्यो। लुकेको गाउँ पुग्दा गोटीखेल आसपासकै कालेश्वर महादेव छुट्ने। बादलमाथिको कालेश्वर! स्वर्गजस्तो ठाउँमा त पुग्न नभ्याइने नै भयो। जित लुकेकै गाउँको भयो। भक्तपुर गठ्ठाघरस्थित निवासबाट गुगल म्यापले गोटीखेल ५५ किलोमिटर देखाएअनुसार नै एफजेड भी–थ्रीले पनि त्यति नै दूरी मापन गर्यो। नेपालमा कुम्भ मेलाको सुरुआत गर्ने नेपालकै जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यसँग ६-७ वर्षअघि पुगेको वैतरणीधामले आफ्नो मुहार बदलेको रहेछ।
समुद्र छैन तर हामीसँग पहाड र जंगल त छन्। सोचें, यस्तै जंगलबीचको एउटा पहाड जो लुकेकै सही, आर्ट भिलेज क्रिएट गरौं, जहाँ ढुक्कले प्रकृतिसँग नजिक भएर जीवन(हरू) र कार्यशालाहरू चलाउन सकियोस्। जुन रेसिडेन्सल होउन्, सबै बिर्सेर सेयरिङ गर्न पाइयोस्।
गोटीखेल पुगेपछि धाम प्रवेश गर्ने मोडको रूखमा लेखिएको रहेछ, लुकेको गाउँ (३ किलोमिटर)। अब समय जसरी निकाल्ने सोच आयो। खासगरी लुकेको गाउँ नपुगे गन्तव्य पूर्ण नहुने काउकुती लागिरह्यो। एक लेनको ग्रामीण सडक, त्यो पनि भत्किएको पिच। उकालो–ओरालो र घुमाउरोको कथाव्यथा भनिसाध्य रहेन। घरी सगरमाथा चढेजस्तो, घरी केचनकवल ओर्लिएजस्तो। दक्षिणी ललितपुरको उक्त ठाउँ कर्णालीसरह रहेछ। सडकले जोडेरमात्रै नत्र केही वर्षअघि नेपालकै ठूलो जिल्ला डोल्पाको से–फोक्सुन्डो ताल छेउछाउ पुगेझैं। ३५ किलोमिटर छिचोल्न अढाई घण्टा लाग्यो। फेरि आउँदा पुगौंभन्दा कहिले साइत जुर्ने हो, आफैंलाई थाहा छैन। सोध्दै खोज्दै लुकेको गाउँ पुग्यौं। पुग्यौं के भनौं, सिकारु र लाइसेन्सबिनाको गुरुजी अञ्चितले यस्तो बाटो झन्डै २० किलोमिटर गुडाएर गोटीखेल र त्यसपछि ३ किलोमिटर परको लुकेको गाउँ पुर्यायो। पिच र सम्म सडकमा मात्र कुदाएको उसको त्यो साहसलाई मनमनै स्यालुट हानें।
सुन साँचेर नुन बोक्ने गाउँ
लुकेको गाउँ पुग्ने बेला वृद्ध (८७ वर्ष) लाई सोधें, त्यो गाउँको नाउँ कसरी लुकेको गाउँ भयो ? ‘डाँडैडाँडाले छेकिएको छ त्यो गाउँ। यताबाट पनि नदेखिने, उताबाट पनि नदेखिने। लुकेको भएर।’ कतिपय शब्दका दुईवटा अर्थ हुन्छन्, सामान्य र विशेष। यो त मनले अन्दाज गरेको सामान्य अर्थ नै भयो। लुकेको गाउँ पुगेपछि थाहा भयो खास अर्थ, कतवन बेंसीलाई लुकेको गाउँ बनाइएको रहेछ। ७० वर्षीय गीतामाया घिमिरेले भनिन्, ‘माइती मानेखेल, १० मिनेटमा हिँडेर पुग्छु। यो ठाउँको नाम त कतवन बेसी हो। खै कुन्नि किन हो कतवन बेंसीलाई लुकेको गाउँ भनेको सुन्छु।’
भेटिएका वृद्धवृद्धालाई थाहा छैन, गाउँमा दुःख छ कि सुख! ‘दुःखै त होला नि! काम गर्नुपर्छ हामी बूढाबूढीले पनि। सहरको सुख चाख्न पाइएन।’ रोगले च्याप्यो भनेचाहिँ गतिलो उपचार गर्न यहाँबाट नेपाल (राजधानी काठमाडौं) नै पुग्नुपर्छ। लुकेको गाउँका ७३ वर्षीय खिलप्रसाद घिमिरेले पनि विकास देखेका छैनन् रे! उनको निर्दोषपन बोलिरहँदा लाग्यो, विकास र समृद्धिले आफूलाई लुकाएकै कारण यो गाउँको नाउँ लुकेको गाउँ भयो होला। उनी जन्मेहुर्केको ठाउँ यो। संघीयता आउनुअघिको ३ नं वडा यो। अहिले कोन्ज्योसोमको १ नं. वडामा परिणत भएको छ। सायद यो पनि विकास हुनुपर्छ यहाँ। किनकि हजारौंको बलिदानपछि देशले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र पाएको छ। अनि पाएको छ, विकासका लागि संघीयता पनि। २०४९ सालमा वडाध्यक्ष भएछन् उनी। भन्छन्, ‘विकास के हो ? के थाहा मलाई ?’
जनप्रतिनिधि बनिसकेका खिलप्रसाद सांसद उदयशमशेर राणा र त्यसअघिका सांसद नवराज सिलवालको कामप्रति असन्तुष्ट छन्, रुष्ट छन्। प्रतिप्रश्न गरे मलाई, ‘विकास गरेको भए यस्तै हुन्थ्यो स्थिति ?’ मनै त हो अनायसै सोचें, विकास गर्ने ठाउँमा पुग्नेहरू विकास गर्दैनन्, जान्दैनन् वा सक्दैनन् तर पनि अरूलाई प्रश्न गर्छन्, विकास गरेनन् भन्छन्। पर्यटकका लागि काठमाडौं उपत्यका नजिककै यो ठाउँ नम्बर वान रहेछ। कक्षा ७ मा पढ्दै गर्दा नाटक देखाउने निहुँमा अञ्चित बेलारुस पुगेको थियो। कक्षा ८ मा अस्टे«लिया। त्यसपछि विश्वका थुप्रै देश गुगल र युट्यूबबाट चिहाउँछ, बेलाबखत। भन्छ, स्विट्जरल्याण्डका गाउँहरू बस्नलायक लाग्छन् बाबा। सरकारले सबै सुविधा पुर्याएको रहेछ, वातावरण पनि कति सफा!
म मनमनै लुकेको गाउँ र डोल्पा, हुम्ला, जुम्लाजस्ता दुर्गम जिल्लाका लुकेका गाउँहरूसँग तुलना गर्न थालेछु। अर्को मनले प्रश्न गर्यो, सुन बिछ्याएर नुन बोक्ने (माग्ने) हरूलाई के भन्नु ? पहाडी र दुर्गम-विकट भएर के भो ? चीनले यस्तै ठाउँहरूमा होइन विकास पुर्याएर विश्वका करोडौं पर्यटकलाई तानेको ? नेपाली नभएर गरिब भएका होइनन्, सोच र जाँगर नभएर हो। भन्नैपर्छ, नगरेरै गरिब हामी। खासमा सहर होइन, गाउँ धनी छन् नेपालमा। आफूलाई ‘ब्रान्ड’ गर्न नजानेर-नठानेर हामी सम्पन्नहरू ‘लुकेका’ छौं। स्थानीयकै भाषामा ललितपुरको कर्णाली दक्षिणी ललितपुरको समृद्धता सबै यहाँ व्याख्या गर्नसमेत सम्भव छैन। यति धनी भएर पनि किन ‘गरिब छु, गरिब छौं’ को सोचमा रुमलिनु ?
‘ड्रिम प्रोजेक्ट’भित्र लुकेको गाउँ
२०७९ माघ ५ गते बिहीबार। लुकेको गाउँको नाउँ र यसको रहस्यले दिनभर ‘ड्राइभ’ गरेपछि अन्ततः एक युवा भेटिए, गोपाल (भवानी) अर्याल। १६ वर्ष राजधानी बसेर गाउँ फर्किएका उनी थिएटर आर्टिस्ट रहेछन्। कम्युनिटी थिएटरमा बढी भिजेका उनी सन् २०१५ मा अफ्रिका पुगे। अर्गनाइजर युरोपियन अनि होस्ट अफ्रिकन। अफ्रिकाको त्यो गाउँ-कुनो पुग्दा उनलाई लाग्यो, यहाँ आउने सम्भवतः म पहिलो नेपाली हुँ। जीवनमा सबैभन्दा महँगो फ्लाइट टिकटमा उनी त्यहाँ पुगेका थिए। एटलान्टिक ओसनको किनार त्यहाँ उनलाई सात दिन थन्क्याएछन्। वर्षौंदेखि प्रयोग नभएको घरको बसाइ। घर होस् वा पसल, धेरै टाढा त्यहाँबाट। ‘नेपालसँग समुद्र छैन, समुद्र (महासागर) को त्यति नजिक पुगेको पहिलोपटक। छुट्टै अनि विचित्रको आनन्द हँुदो रहेछ। आइसोलेटेड नेचरसँग क्लोज हुँदाको मजा भेटें।’
ड्रागन ड्रिमिङमा सहभागी थिए उनी। आर्टिस्टिक वे अफ प्रोजेक्ट डिजाइन थियो त्यो। जहाँ पाँच युरोपियनसँग उनी एक्ला एसियन। अफ्रिकन त हुने नै भए। ‘समुद्र छैन तर हामीसँग पहाड र जंगल त छन्। सोचें, यस्तै जंगलबीचको एउटा पहाड जो लुकेकै सही, आर्ट भिलेज क्रिएट गरौं, जहाँ ढुक्कले प्रकृतिसँग नजिक भएर जीवन(हरू) र कार्यशालाहरू चलाउन सकियोस्। जुन रेसिडेन्सल होउन्, सबै बिर्सेर सेयरिङ गर्न पाइयोस्।’ यो उनको मात्र होइन, अफ्रिकामा रहँदा प्रोसेसमा त्यो ग्रुपको कन्सेप्ट हो हो। ‘नेपालमा के गर्ने भन्ने भएपछि एसियाकै एक्लो प्रतिनिधिका हैसियतले यो उत्तरदायित्व लिएको हुँ। प्रोसेसको ड्रिम परिकल्पना हो यो।’
‘लोकल’लाई ‘ग्लोबल’सँग जोड्दै
साढे चार वर्ष भयो गोपालले यो जग्गा (१५ रोपनी) किनेको। हुन त उनी यसका लागि ठाउँ खोज्दै ओखलढुंगा, सोलु पुगेनन् कि दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा (गोसाइँकुण्डसमेत) कहाँ पुगेनन् ? ललितपुर भन्नासाथ काठमाडौं उपत्यका र आसपास बस्नेहरूको आँखा र दिमागमा आउने ठाउँ हुन्, पुल्चोक, जावलाखेल र लगनखेल। लाखौंले बुझेको ललितपुर योभन्दा बढी छ तर सुगम होइन, अति दुर्गममा। गोरखा जाँदा ‘पासलाङ’ सुनेका थिए उनले। मगर भाषामा ‘लुकेको गाउँ’ भन्ने अर्थ बुझे।
‘त्यो शब्दले मलाई छोएको थियो। लुकेको गाउँको सोच मनमा जन्मियो’, उनी सुनाउँछन्।
पंक्तिकारलाई पनि ‘लुकेको गाउँ’ शब्दले छोएको थियो। र, यी दुई शब्द देख्ने-पढ्नेबित्तिकै हुटहुटी जागेको थियो पुग्ने र यसबारे बुझ्ने। नेपालको प्रशासन (कम्पनी रजिस्टारको कार्यालय)ले ‘लुकेको गाउँ प्रा.लि.’ दर्ता गर्न दिएन छ। उनले एक मनले सरकार छोडिदिए तर छोडेनन् लुकेको गाउँ। अहिले ‘लुकेको गाउँ आर्टस् एन्ड फार्मिङ प्रा.लि. बनेको छ। स्थानीय जनजीवन, रहनसहन, परम्परा, संस्कृति र प्रकृतिलाई प्रवद्र्धन गर्दै ‘ग्लोबल भिलेज’सँग जोड्न चाहन्छन् गोपाल लुकेको गाउँलाई। जहाँ सहरमा जन्मेहुर्केका बालबालिकालाई गाउँका यी सबैसँग साक्षात्कार गर्न-गराउन चाहन्छन् उनी। लुकेको गाउँका दुःखेका दुःखहरूलाई ‘हिलिङ’मार्फत सुख, शान्ति र समृद्धि महसुस गराउन चाहन्छन् उनी।
यी सबैका लागि पूर्वाधार निर्माणमा जुटेका छन् उनका र सहयोगी हातहरू।
लुकेको गाउँ पुग्ने बाटा तीनवटा रहेछन्। ललितपुरको चापागाउँबाट लेले, दलचोकी, शंखु, भकारी डाँडा, भुखेल हुँदै एउटा बाटो पुग्छ। पुरानो बाटो छ, अलि लामो जुन लेले, नल्लुभन्ज्याङ, भारदेउ, चौघरी हुँदै कतन भन्ज्याङ पुग्छ। छोटो बाटो छ, नयाँ ट्र्याक जुन लेले, नल्लु भन्ज्याङ, नल्लु खोला, पाथीभरा जाने बाटो हुँदै चौघरी डाँडा उक्लेर, ठोस्ने खोला
ओर्लेर उन्यु चौर भएर पुग्छ। माथ्लो बाटो चापागाउँबाट ४३ किलोमिटर र छोटो बाटो चापागाउँबाटै ३३ किलोमिटर दूरीमा लुकेको गाउँ पुगिन्छ।
सुतेका सरकारहरू! ब्युँझने कि ?
सानैदेखि सुनेको थिएँ, सिद्धान्त र व्यवहारमा फरक हुन्छ। संविधानको भाग ४ मा रहेको राज्यका नीतिहरूको धारा २६ (१३) मा लेखिएको छ, ‘बहुसंख्यक ग्रामीण जनताको हितलाई ध्यानमा राखी ग्रामीण विकासको गतिलाई तीब्रत्तर बनाउँदै लैजाने नीति राज्यले अवलम्बन गर्नेछ।’ २०४७ सालको यो संविधान बनेको आजका मितिले ३२ वर्ष लगभग पूरा भएछ। काठमाडौं महानगरभित्रका फराकिलो चिल्ला पिचमाथि बर्सेनि पिच खप्ट्याइन्छन्, जुन खर्चले लेले–गोटीखेल पिच गर्न पुग्छ। तर लुकेका गाउँहरूसँग त्यो ताकत र सामथ्र्य छैन, हुँदैन। सरकारमा जुनसुकै दल वा नेता आउन्, विकास लुकेका गाउँ(हरू)मा पुग्दैन।
चुनावताका भोट माग्दा चिल्ला हुने सडकहरू अर्को चुनावसम्म बर्खाभरि हिलाम्मे र हिउँदभरि धुलाम्मे भइरहन्छन्। लुकेका गाउँ(हरू)मा भएको सुन कसैले देख्दैन, नुन बोकेर स्थानीयवासी ज्यान जोगाउँछन्। जनमतबाट सिंहदरबार हाँक्नेहरू त्यही नुनको व्यापार गर्ने बाटोसम्म देखाइदिँदैनन् र त्यही गरिबीलाई भर्याङ बनाएर आफू सगरमाथाको चुचुरो ताक्छन्। लुकेका गाउँ(हरू)मा पाइने ‘आवाजविहीनहरूका आवाज’लाई सहरकेन्द्रित पत्रकारिता गर्नेहरू पनि सुन्दैनौं र सुनाउँदैनौं सरकारलाई। यसकारण पनि कि सुनेर पनि सुन्दैन-बुझ्दैन-गम्दैन सिंहदरबारमा सुतेको (का) सरकार(हरू)!
प्रशस्त सम्भावनाहरूको खोजी गर्दैन र नागरिकलाई दुःखपीडामा बाँच्न बाध्य बनाउँछ (न्), बनाइरहन्छ (न्) सरकार(हरू)। गाउँमा खेर गएका पाखुरालाई सीपसँग जोड्दैन सरकार, बरु भन्छ तँ आत्महत्या गर! के यसको प्रमाण बन्न सक्दैनन् र प्रेम आचार्य! जसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय संसद्बाट निस्कँदै गर्दा नयाँ बानेश्वरमा आत्मदाह गरे। उनले फेसबुकमा लेखेको लामो स्टाटस काफी छ, ‘देश’लाई ‘शेष’ बनाउनेहरूको कथा। वास्तवमै, देशमा समृद्धि ल्याएर ‘सिंह’ बन्नुपर्ने ‘सरकार(हरू)’ कहिलेसम्म यसरी नै सुतिरहन्छ(न्) र लुकेका गाउँ(हरू)लाई अँध्यारैमा सुताइरहन्छ(न्) ? लुकेका हजारौं गाउँलेको प्रश्न सोध्ने धृष्टता गरें। सरकारमा पुगेका, रहेका र पुग्नेहरू, रिसानी माफ गर!
Source : Annapurna Post
किरण चापागाईँको शब्द तथा सङ्गीतमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा लक्ष्मी बर्देवा, जीवन भट्टराई, किशोर भण्डारी, टिका निरौला र बाल कलाकार अर्सया दाहालको अभिनय रहेको छ । वैदेशिक रोजगारीको र परिवारबाट टाढा रहनुको पिडालाई गीतमा समावेश गरिएको छ ।
चापागाईँ हाल डेनमार्क मै बस्छन् ।बिदेसिनुको आफ्नो समेत पीडा लाई गीत मार्फत व्यक्त गरेको कुरा उनले बताउँछन् । सङ्गीत क्षेत्र मै सक्रिय रहँदारहँदै उनी अध्ययनको लागि डेनमार्क गएका हुन। निजका आधा दर्जन गीत यस अगाडी नै बजार मा आइसकेका छन् । “आमा बाबा र पियारी ”गीतको भिडियो किरण चापागाईँको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो हेर्नुहोस :
